विराट व्यापार संघको होली मिलन कार्यक्रम

0
105

विराटनगर १ चैत । रंगहरुको पर्व होलीको अवसरमा विराट व्यापार संघले आज होली मिलन कार्यक्रम गरेको छ । एक अर्कामा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले विराट व्यापार संघले हरेक बर्ष होली मिलन कार्यक्रम गर्ने गरेको अध्यक्ष शिवप्रसाद रिजालले बताउनुभयो । उहाँले १९ बर्षदेखि होली मिलन कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा १ नं. प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा झोराहाट नाटक घरले विराटनगरलाई प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै दवावमुलक नाटक प्रस्तुत गरेको थियो । कार्यक्रममा गायक सुमित खड्का लगायतका कलाकारहरुले नृत्य, कविता प्रस्ुतुत गरेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here