उद्योगी व्यापारीलाई उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्न प्रदेश प्रमुखको आग्रह

0
145

विराटनगर, ३१ जेठ । प्रदेश नम्बर १ प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दवहादुर तुम्वाहाङले उद्योगी व्यापारीहरुले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने वताउनु भएको छ । विराट व्यापार संघको १० औं वार्षिकसाधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले यस क्षेत्रका जनताहरुलाई आवश्यक पर्ने वस्तु उत्पादन गरि सहजढंगले उपलव्ध गराउन पनि आग्रह गर्नु भयो । प्रदेश प्रमुख तुम्वाहाङले मुलुकको आर्थिक समृद्धको संयन्त्र नै उद्यमी व्यापारी भएको चर्चा गर्दै समुदायलाई आवश्यक पर्ने स–साना वस्तुको उत्पादन स्वदेशमै गर्नुपर्नेमा जोड दिनुभयो । जनै समेत बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउदै उहाँले जनैको आयात प्रतिस्थापन गरी देशमै उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुुसैयतले मुलुकलाई समृद्ध वनाउन उद्यागी व्यापारीको ठूलो योगदान रहने वताउदै व्यापारीवर्गका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुने विश्वास दिलाउनु भयो ।कार्यक्रममा उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको बताउनु भयो । सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा लगायतले सवैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध वनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद रिजाल, उद्यमी ताराचन्द खेतान तथा संघका पूर्व अध्यक्ष र टोल संगठन विराटनगरका अध्यक्ष राजु मास्के लगायतलाई सम्मान गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here