विराट सडक महोत्सव’ माघमा

0
95

विराटनगर, २० मंसिर । विराटनगर महानगरपालिकामा ‘विराट सडक महोत्सव’ माघ पहिलो साता आयोजना गरिने भएको छ । महोत्सव तीन दिनसम्म चल्ने छ । मन्जिना मूभिज क्रिएशनको आयोजनामा आगामी माघ १ देखि ३ गतेसम्म विराटनगरमा सडक महोत्सव हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । विराटनगर महानगरपालिको सहयोगमा शनिहाटमा महोत्सव हुने मन्जिना मुभिज क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिनु भयो । दिउँसो ३ देखि साझ ८ बजेसम्म लगातार तीन दिनसम्म सडक महोत्सव हुने उहाँको भनाइ छ । सडक महोत्सवमा स्वदेशी खाना र स्थानीय स्तरमा उत्पादनमा भएको वस्तुका साथै दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ । दैनिक स्थानीय र राष्ट्रिय स्तरका कालाकारहरुबाट मनोञ्जन प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा १ सय वटा स्टलहरु हुनेछन् । स्टलको लागि बुकिङ्ग पनि खुल्ला गरिएको आयोजकले जनाएको छ । सरकारले मनाउँदै गरेको भ्रमण वर्षलाई निजी क्षेत्रबाट पनि सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको ताम्राकारको जिकिर छ । उहाँले महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here