Tune to BFM 91.2|Biratnagar

विराट समाजको खाना खुवाउने अभियानलाई डा.कोइरालाको सहयोग

विराटनगर, २५ जेठ । दैनिक जिविकोपर्जन गर्न समस्या रहेको अति विपन्न वर्गका मानिसहरुलाई निःशुल्क खाना खुवाउने अभियान सुरु गरेको विराट समाजलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले २५ क्विनटल चामल सहयोग गर्नुभएको छ । दैनिक जिविकोपार्जन गर्ने वर्गका मानिसहरु रोगले भन्दा भोकले मर्ने सम्भावना रहेको देखेर विराट समाजले खाना खुवाउने अभियानलाई एक हप्तादेखि निरन्तरता दिँदै आइरहेको छ ।

समाजका सदस्यहरुको निरन्तरता देखेर डा.कोइरालाले आज अवलोकनको क्रममा सहयोग गर्नुु भएको हो । पछिल्लो समय फैलिएको कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी रहेको बेला दैनिक जिविकोपार्जन गर्ने वर्गका लागि विराट समाजले खाना खुवाउने अभियान सुरु गर्नु निकै नै सराहनीय काम रहेको डा.कोइरालाले बताउनुभयो ।

दैनिक ज्यालादारी गर्ने अति विपन्न वर्गका मानिसहरुका लागि सरकारले कुनै राहत घोषणा नगरेको बेला समाजले अग्रसरता देखाएको भन्दै समाजका सदस्यहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । सरकारले निषेधाज्ञा गरे संगै अति विपन्न वर्गका मानिसहरुका लागि खाद्यन्नको जोहो गर्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button