Tune to BFM 91.2|Biratnagar

विरोध प्रदर्शनलाई संवोधन गर्न नेताहरु आउन शुरु

विराटनगर, २८ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका वेथिति विरुद्ध भोली देशव्यापी प्रर्दशन गर्नेभएपछि नेताहरु जिल्ला आउनेक्रम शुरु भएको छ । प्रदेश १ का जिल्लाहरुको कार्यक्रमलाई संवोधन गर्न नेताहरु पुर्व आउने क्रम शुरु भएको हो ।

विराटनगरमा हुने कार्यक्रमलाई संवोधन गर्न महामन्त्री शशांक कोइराला आज साँझ आउने कार्यक्रम रहेको नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुले बताउनुभयो । विराटनगरको कार्यक्रमलाई संवोधन गर्न केन्द्रीय सदस्य गुरुराज घिमिरे पनि आउने उहाँले बताउनुभयो । सभापति लिम्वुले भन्नुभयोे,‘ साँझ सम्म सवै जिल्लाका लागि नेताहरु आउने कार्यक्रम छ ।’ प्रदेश १ का सवै केन्द्रीय सदस्यहरुलाई जिल्लाबाट पनि कार्यक्रमका लागि खवर गरिएको उहाँले बताउनुभयो ।

झापाका कार्यक्रमलाई संवोधन गर्न सहमहामन्त्री प्रकाशशरण महत आउने बताईएको छ धनकुटाको कार्यक्रमलाई संवोधन गर्न सहमहामन्त्री सुनिल थापा र इलामको कार्यक्रमलाई संवोधन गर्न केन्द्रीय सदस्य भिष्मराज आङदम्वे शनिबार विराटनगर हुँदै जिल्ला गएका छन् ।

सर्वसत्ताबाद, कुशासन, वेथिति, भ्रष्टाचार, दमन, कोभिड १९ को अव्यवस्था र अन्याय विरुद्ध प्रर्दशनका लागि काँग्रेसले जिल्लामा नारा समेत पठाईसकेको छ । मंसिर १७ गते बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँ स्थानीय प्रशासनले दुव्र्यहवार गरेपछि सरकारसँग काँग्रेस थप चिडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button