विश्वभरका ९३ प्रतिशत बालबालिका वायू प्रदूषणबाट प्रभावित

0
115

विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्रत्येक दिन विश्वभरका ९३ प्रतिशत बालबालिका वायू प्रदूषणबाट प्रभावित हुने गरेका जनाएको छ । तीमध्ये अधिकांशको मृत्यु पनि श्वासप्रश्वासजन्य रोगबाट हुने गरेको तथ्याङ्क संगठनको छ । सन् २०१६ मा संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको उल्लेख थियो । डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण प्रत्येक बर्ष १५ बर्षमुनिका ६ लाख बालबालिकाको मृत्यु हुने छ । डब्लुएचओका अनुसार पाँच बर्ष मुनिका सयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ । ध्ज्इ ले सबै बालबालिकाको चौतर्फी वृद्धि विकासका स्वच्छ स्वासप्रश्वास हुनुपर्ने भन्दै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएको छ । प्रत्येक १० जनामध्ये ९ जनाले प्रदुषित स्वास लिने गरेको र त्यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ । प्रत्येक १० मध्ये एक जना बालबालिकाको मृत्युको कारण पनि वायू प्रदूषण नै भएको ध्ज्इ ले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here