Tune to BFM 91.2|Biratnagar

विश्वभरि कोरोनाबाट संक्रमित हुनेको संख्या ४१ लाख नजिक

विराटनगर, २८ वैशाख । कोरोना भाइरसबाट विश्वभरि संक्रमित हुनेको संख्या ४० लाख ९८ हजार पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ४० लाख ९८ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख ८० हजार २ सय २३ पुगेको छ भने १४ लाख ३५ हजार मानिस उपचारपछि घर फर्किएका छन् । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् ।

अमेरिकामा १३ लाख ४७ हजार १ सय २५ जना संक्रमित हुँदा ८० हजार ३६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १ हजार ४ सय २१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार ५ सय ८७ जनाको मृत्यु भएको जनाएको छ ।

बेलायतमा संक्रमितको संख्या दुई लाख १५ हजार २ सय ६० रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटालीमा ३० हजार ३ सय ९५, स्पेनमा २६ हजार ४ सय ७८, फ्रान्समा २६ हजार ३ सय १०, रुसमा एक हजार ८ सय २७ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।

यता भारतमा ६२ हजार ८ सय ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमण देखिएका २ हजार १ सय १ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २८ हजार ७ सय बढीमा संक्रमण देखिँदा ६ सय ३६ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा १३ हजार ७ सय बढिमा संक्रमण देखिँदा २ सय १४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button