Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाका कारण २ लाख ९२ हजार ३ सय ६८ जनाको मृत्यु

विराटनगर, ३१ वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ९२ हजार बढीको मृत्यु भएको छ । आज विहान सम्म २ लाख ९२ हजार ३ सय ६८ जनाको मृत्यु भएको हो ।

४३ लाख ३७ हजार ८ सय ३६ संक्रमितमध्ये १५ लाख ९४ हजार २ सय २९ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १४ लाख ८ हजार ७३ जना संक्रमितमध्ये ८३ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । बेलायतमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या ३० हजार ९ सय ११ जनाको मृत्यु भएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या २६ हजार ९ सय ९१ पुगेको छ । जर्मनीमा ७ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै रसियामा मृतकको संख्या २ हजार १ सय १६ पुगेको छ । रसियामा संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको छ । भारतमा ७४ हजार २ सय ९२ जना कोरोना संक्रमितमध्ये २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ५ सय २४ जना नयाँ संक्रमित थपीएका छन् ।

पाकिस्तानमा ३२ हजार ६ सय बढि संक्रमित मध्ये ७ सय २४ जनाको मृत्यु भएको छ । यस्तै बंलादेशमा २ सय ५०, अफगानस्तानमा १ सय २७, श्रीलंकामा ९, माल्दिभ्समा ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button