Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट १० लाख २८ हजारको मृत्यु

विराटनगर, १६ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या १० लाख २८ हजार पुगेको छ । आज साझ सम्म विश्वभर १० लाख २८ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।

आज विश्वभर १ हजार ३ सय ९५ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड ४५ लाख ३४ हजार नाघेको छ । आज विश्वभर ६३ हजार ८ सय १२ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये २ करोड ५७ लाख २ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १२ हजार ६ सय पुगेको छ । संक्रमितको संख्या ७४ लाख ९७ हजार नाघेको छ । भारतमा ६३ लाख ९७ हजार ८९६ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९९ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ । आज भारतमा ५ हजार ९ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा ४८ लाख ४९ हजार बढी संक्रमित हुँदा १ लाख ४४ हजार ७ सय बढीको ज्यान गएको छ । रसियामा ११ लाख ९४ हजार बढी संक्रमित भएका छन् । रसियामा २१ हजार बढिको मृत्यु भएको छ ।

कोलम्वियामा ८ लाख ३५ हजार बढी संक्रमित मध्ये २६ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ८ लाख १८ हजार बढी संक्रमित हुँदा ३२ हजार ५ सय बढीको मृत्यु भएको छ ।स्पेनमा ७ लाख ७८ हजार बढी संक्रमित हुदा ३१ हजार ९ सय बढीको मृत्युभएको छ ।

अर्जेन्टीनामा ७ लाख ६५ हजार संक्रमित हुदा २० हजार २ सय बढिको मृत्यु भएको छ ।मेक्सीकोमा संक्रमितको संख्या ७ लाख ४८ हजार नाघेको छ ।

मेक्सीकोमा ७८ हजार बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button