Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ३६ हजारको मृत्यु

विराटनगर, १ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार पुगेको छ । आज साझ सम्म ४ लाख ३६ हजार १ सय ३८ जनाको मृत्यु भएको छ आज दिनभरीमा विश्वभर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ८० लाख १८ हजार संक्रमित भएका छन् । विश्वभर ३६ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर संक्रमित भएका मध्ये ४१ लाख ४१ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ४ सय ६९ संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १७ हजार ८ सय ५९ पुगेको छ । संक्रमितको संख्या २१ लाख ६२ हजार नाघेको छ । ब्राजिलमा ८ लाख ६७ हजार ८ सय बढी संक्रमित हुँदा ४३ हजार ३ सय ८९ जनाको ज्यान गएको छ । रसियामा ५ लाख ३७ हजार २ सय बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ७ हजार ९१ रहेको छ । भारतमा ३ लाख ३३ हजार ३ सय बढी संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । भारतमा आज ५९७ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या २ लाख ९५ हजार ८ सय ८९ पुगेको छ । वेलायतमा ४१ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९१ हजार कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार ९ सय ८९ संक्रमित भएका छन् । इटालीमा ३४ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख २९ हजार ७ सय बढी संक्रमित हुँदा ६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८७ हजार ७ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button