Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ४६ हजार ७ सय ७ जनाको मृत्यु

विराटनगर ३ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ४६ हजार ७ सय ७ जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसबाट हाल सम्म ८२ लाख ८८ हजार २ सयसंक्रमित भएका छन् । विश्वभर संक्रमित भएका मध्ये ४३ लाख ४२ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार १ सय ४५ पुगेको छ । संक्रमितको संख्या २२ लाख ८ हजार नाघेको छ । ब्राजिलमा ९ लाख २८ हजार ८ सय बढी संक्रमित हुँदा ४५ हजार ४ सय ५६ जनाको ज्यान गएको छ । रसियामा ५ लाख ५३ हजार बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७८ रहेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई हजारको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको संख्या ११ हजार ९ सय २२ पुगेको छ ।

संक्रमितको संख्या ३ लाख ५५ हजार पुगेको छ । वेलायतमा संक्रमितको संख्या २ लाख ९८ हजार १ सय ३६ सय पुगेको छ । वेलायतमा ४१ हजार ९ सय ६९ ले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९१ हजार ४ बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३७ हजार ५ सय बढी संक्रमित भएका छन् ।

इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ३७ हजार १ सय बढी संक्रमित हुँदा ७ हजार ५६ जनाको मृत्यु भएको छ । इरानमा १ लाख ९५ हजार संक्रमित मध्ये ९ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button