Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ५६ हजारको मृत्यु

विराटनगर, ५ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ५६ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ३ सय ८० जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ८६ लाख ८ हजार संक्रमित भएका छन् । विश्वभर ३८ हजार २ सय ११ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ४५ लाख ५९ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ६ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार ६ सय ८८ पुगेको छ । संक्रमितको संख्या २२ लाख ६३ हजार नाघेको छ । ब्राजिलमा ९ लाख ८३ हजार बढी संक्रमित हुँदा ४७ हजार ८ सयबढीको ज्यान गएको छ ।

रसियामा ५ लाख ५९ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ४१ रहेको छ । भारतमा ३ लाख ८२ हजार १ सय ४३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १२ हजार ६ सय १० जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा १ हजार ५२ जना नयाँ संक्रमित थपिएका छन् ।

वेलायतमा संक्रमितको संख्या ३ लाख ४ सय पुगेको छ । वेलायतमा ४२ हजार २ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९२ हजार ३ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख ४४ हजार ३ सय बढी संक्रमित हुँदा ७ हजार ४ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ५ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख २५ हजारबढी संक्रमित मध्ये ३ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button