Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ७१ हजारको मृत्यु

विराटनगर, ८ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ७१ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ७१ हजार १ सय ७७ जनाको मृत्यु भएको छ ।

आजदिनभरीमा विश्वभर १ हजार ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ९० लाख ७२ हजार संक्रमित भएका छन् । विश्वभर ३३ हजार ७ सय ९८ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ४८ लाख ५५ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार २ सय ४९ पुगेको छ । संक्रमितको संख्या २३ लाख ५६ हजार नाघेको छ ।

ब्राजिलमा १० लाख ८६ हजार बढी संक्रमित हुँदा ५० हजार ६ सय बढीको ज्यान गएको छ । रसियामा ५ लाख ९२ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार २ सय नाघेको छ । भारतमा ४ लाख २६ हजार ९ सय १० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १३ हजार ७ सय ३ जनाको मृत्यु भएको छ ।

वेलायतमा संक्रमितको संख्या ३ लाख ४ हजार पुगेको छ । वेलायतमा ४२ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९३ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख ५४ हजार ९ सय बढी संक्रमित हुँदा ८ हजार बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ४२ हजारबढी संक्रमित मध्ये ४ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ६ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button