Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ९७ हजारको मृत्यु

विराटनगर, १३ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ९७ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ९७ हजार ५ सय २७ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ९९ लाख ३३ हजार संक्रमित भएका छन् । विश्वभर ३४ हजार ७ सय २९ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ५३ लाख ८१ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ६ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

संक्रमितको संख्या २५ लाख ५३ हजार नाघेको छ । ब्राजिलमा १२ लाख ८० हजार बढी संक्रमित हुँदा ५६ हजार बढीको ज्यान गएको छ । रसियामा ६ लाख २७ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार ९ सय नाघेको छ । भारतमा ५ लाख ११ हजार ४ सय ७८ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट १५ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा २ हजार ३२ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख ९ हजार ३ सय पुगेको छ । वेलायतमा ४३ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९४ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । पेरुमा २ लाख ७२ हजार ३ सय बढी संक्रमित हुँदा ८ हजार ९ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ६३ हजार बढी संक्रमित मध्ये ५ हजार बढीले ज्यान गुमाएका छन् ।

इटालीमा २ लाख ३९ हजार ९ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ७ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button