Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ४ लाख ९२ हजारको मृत्यु

विराटनगर १२ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ९२ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ४ सय ६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ९७ लाख ३९ हजार संक्रमित भएका छन् । विश्वभर ३७ हजार १ सय ३६ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५२ लाख ७२ हजार बढि उपचारपछि निको भएका छन् ।

५७ हजार ४ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७ सय ८५ पुगेको छ ।

संक्रमितको संख्या २५ लाख ४ हजार नाघेको छ । ब्राजिलमा १२ लाख ३३ हजार बढी संक्रमित हुँदा ५५ हजार बढीको ज्यान गएको छ । रसियामा ६ लाख २० हजार ७ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार ७ सय नाघेको छ ।

भारतमा ४ लाख ९१ हजार ९ सय ९२ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १५ हजार ३ सय १९ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा ८ सय २२ नयाँ संक्रमित थपिएका छन् ।

वेलायतमा संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय पुगेको छ । वेलायतमा ४३ हजार २ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९४ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ६८ हजार ६ सय बढी संक्रमित हुँदा ८ हजार ७ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ५९ हजार बढी संक्रमित मध्ये ४ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।

इटालीमा २ लाख ३९ हजार ७ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ६ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button