Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख १४ हजारको मृत्यु

विराटनगर, १७ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख १४ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख १४ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ४ सय ४२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ६ लाख १४ हजार पुगेको छ ।

विश्वभर ३७ हजार १ सय ४७ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५८ लाख २४ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ८ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३० हजार १ सय २३ पुगेको छ । संक्रमितको संख्या २७ लाख २७ हजार नाघेको छ । ब्राजिलमा १४ लाख ८ हजार बढी संक्रमित हुँदा ५९ हजार ६ सय बढीको ज्यान गएको छ ।

रसियामा ६ लाख ५४ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय नाघेको छ । भारतमा ५ लाख ८७ हजार ९२ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १७ हजार ४ सय १७ जनाको मृत्यु भएको छ ।

वेलायतमा संक्रमितको संख्या ३ लाख १२ हजार पुगेको छ । वेलायतमा ४३ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९६ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ८५ हजार २ सय बढी संक्रमित हुँदा ९ हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ७९ हजार बढी संक्रमित मध्ये ५ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button