Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख १९ हजारको मृत्यु

विराटनगर १८ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख १९ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख १९ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ५ सय २५ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ८ लाख ३४ हजार पुगेको छ । विश्वभर ३९ हजार ५४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ६० लाख ५४ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ९ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ९८ पुगेको छ । संक्रमितको संख्या २७ लाख ८० हजार नाघेको छ ।

ब्राजिलमा १४ लाख ५३ हजार बढी संक्रमित हुँदा ६० हजार ७ सय बढीको ज्यान गएको छ । रसियामा ६ लाख ६१ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ९ हजार ६ सय नाघेको छ । भारतमा ६ लाख ६ हजार ९ सय ७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १७ हजार ८ सय ६० जनाको मृत्यु भएको छ । भारतमा १९ हजार ४ सय २४ नयाँ संक्रमित थपिएका छन् ।

वेलायतमा संक्रमितको संख्या ३ लाख १३ हजार पुगेको छ । वेलायतमा ४३ हजार ९ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९६ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ८८ हजार ४ सय बढी संक्रमित हुँदा ९ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ८२ हजार बढी संक्रमित मध्ये ५ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button