Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख १ हजारको मृत्यु

विराटनगर, १४ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख १ हजार पुगेको छ । आज साँझ सम्म ५ लाख १ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार २ सय ५४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड १ लाख पुगेको छ । विश्वभर ३५ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५४ लाख ८२ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ८ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजार १ सय ५२ पुगेको छ । संक्रमितको संख्या २५ लाख ९६ हजार नाघेको छ । ब्राजिलमा १३ लाख १५ हजार बढी संक्रमित हुँदा ५७ हजार बढीको ज्यान गएको छ । रसियामा ६ लाख ३४ हजार ४ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

भारतमा ५ लाख ३० हजार ९ सय ९३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १६ हजार १ सय २४ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ४ सय १६ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख १० हजार पुगेको छ । वेलायतमा ४३ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९५ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । पेरुमा २ लाख ७५ हजार ९ सय बढी संक्रमित हुँदा ९ हजार बढीको मृत्यु भएको छ ।

चिलिमा २ लाख ६७ हजार बढी संक्रमित मध्ये ५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । इटालीमा २ लाख ४० हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ७ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button