Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख २९ हजारको मृत्यु

विराटनगर, २० असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख २९ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख २९ हजार ६ सयको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार १ सय ९२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड १२ लाख १९ हजार पुगेको छ । विश्वभर ३७ हजार २ सय १७ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ६३ लाख ६३ हजार बढि उपचारपछि निको भएका छन् । ५८ हजार ८ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३२ हजार पुगेको छ ।

संक्रमितको संख्या २८ लाख ९१ हजार नाघेको छ । ब्राजिलमा १५ लाख ४५ हजार बढी संक्रमित हुँदा ६३ हजार २ सय बढीको ज्यान गएको छ । रसियामा ६ लाख ७४ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

भारतमा ६ लाख ५० हजार ४ सय ३१ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १८ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । भारतमा ५ सय ४२ नयाँ संक्रमित थपिएका छन् । स्पेनमा २ लाख ९७ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ९५ हजार संक्रमित हुँदा १० हजार बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ८८ हजार बढी संक्रमित मध्ये ६ हजार बढीले ज्यान गुमाएका छन् ।

वेलायतमा संक्रमितको संख्या २ लाख ८४ हजार नाघेको छ । वेलायतमा ४४ हजार बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button