Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख ३७ हजारको मृत्यु

विराटनगर, २२ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ३७ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर ९ सय २७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख ८६ हजार पुगेको छ । विश्वभर ३६ हजार २ सय ३८ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ६५ लाख ५३ हजार बढि उपचारपछि निको भएका छन् । ५८ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ५ सय पुगेको छ । संक्रमितको संख्या २९ लाख ८३ हजार नाघेको छ । ब्राजिलमा १६ लाख ४ हजार बढी संक्रमित हुँदा ६४ हजार ९ सय बढीको ज्यान गएको छ ।

भारतमा ७ लाख ७ सय २४ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १९ हजार ७ सय १४ जनाको मृत्यु भएको छ । भारतमा २ हजार ८ सय ८८ नयाँ संक्रमित थपिएका छन् । रसियामा ६ लाख ८७ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १० हजार २ सय पुगेको छ ।

पेरुमा ३ लाख २ हजार संक्रमित हुँदा १० हजार ५ सय बढीको मृत्यु भएको छ । स्पेनमा २ लाख ९७ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ९५ हजार बढी संक्रमित मध्ये ६ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

वेलायतमा संक्रमितको संख्या २ लाख ८५ हजार नाघेको छ । वेलायतमा ४४ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button