Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख ५८ हजारको मृत्यु

विराटनगर, २६ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ५८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ५८ हजार १ सय ५८ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ५ सय ४९ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड २४ लाख २४ हजार पुगेको छ । विश्वभर ४५ हजार १ सय ३९ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ७२ लाख ४७ हजार बढि उपचारपछि निको भएका छन् । ५८ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ३२ लाख २० हजार नाघेको छ ।

ब्राजिलमा १७ लाख ६२ हजार बढी संक्रमित हुँदा ६९ हजार बढीको ज्यान गएको छ । भारतमा ७ लाख ९८ हजार १ सय ४१ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट २१ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार २ सय ९९ नयाँ संक्रमित थपिएका छन् । रसियामा ७ लाख १३ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।

पेरुमा ३ लाख १६ हजार संक्रमित हुँदा ११ हजार ३ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६ हजार बढी संक्रमित मध्ये ६ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ३ लाख बढी कोरोना संक्रमित मध्ये २८ हजार ४ सय बढीको मृत्यु भएको छ ।

वेलायतमा संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ । वेलायतमा ४४ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button