Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख ५२ हजारको मृत्यु

विराटनगर, २५ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ५२ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ५२ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ५ सय ९२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड २१ लाख ९७ हजार पुगेको छ । विश्वभर ४२ हजार २ सय ३५ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ७० लाख ९४ हजार बढि उपचारपछि निको भएका छन् ।

५८ हजार ३ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ३१ लाख ५९ हजार नाघेको छ । ब्राजिलमा १७ लाख १६ हजार बढी संक्रमित हुँदा ६८ हजार बढीको ज्यान गएको छ ।

भारतमा ७ लाख ७१ हजार ८ सय ३३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २१ हजार १ सय ७४ जनाको मृत्यु भएको छ । भारतमा २ हजार ७ सय ८१ नयाँ संक्रमित थपिएका छन् । रसियामा ७ लाख ७ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १० हजार ८ सय पुगेको छ ।

पेरुमा ३ लाख १२ हजार संक्रमित हुँदा ११ हजार बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ३ हजार बढी संक्रमित मध्ये ६ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९९ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

वेलायतमा संक्रमितको संख्या २ लाख ८६ हजार नाघेको छ । वेलायतमा ४४ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button