Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख ७६ हजारको मृत्यु

विराटनगर, ३० असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ७६ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ७६ हजार २ सय ८५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ३ सय ६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ३२ लाख ६६ हजार पुगेको छ । विश्वभर ३६ हजार ६ सय ४१ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ७७ लाख ३२ हजार बढि उपचारपछि निको भएका छन् । ५९ हजार २ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २ सय पुगेको छ । संक्रमितको संख्या ३४ लाख ८० हजार नाघेको छ । ब्राजिलमा १८ लाख ८७ हजार बढी संक्रमित हुँदा ७२ हजार ९ सय बढीको ज्यान गएको छ ।

भारतमा ९ लाख ११ हजार ६ सय २९ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २३ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ९ सय ८४ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ७ लाख ३९ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ११ हजार ६ सय पुगेको छ । पेरुमा ३ लाख ३० हजार संक्रमित हुँदा १२ हजार बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख १७ हजार बढी संक्रमित मध्ये ७ हजार बढीले ज्यान गुमाएका छन् ।

मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ४ हजार नाघेको छ । मेक्सीकोमा ३५ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ३ लाख ३ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ४ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button