Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ५ लाख ८२ हजारको मृत्यु

विराटनगर, ३१ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ८२ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ८२ हजार १ सय २५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ७ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ९५ हजार पुगेको छ । विश्वभर ४६ हजार २ सय ३ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ७८ लाख ८० हजार बढि उपचारपछि निको भएका छन् ।

५९ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार पुगेको छ । संक्रमितको संख्या ३५ लाख ४७ हजार नाघेको छ । ब्राजिलमा १९ लाख ३३ हजार बढी संक्रमित हुँदा ७४ हजार ३ सय बढीको ज्यान गएको छ ।

भारतमा ९ लाख ४१ हजार ६ सय ३० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ । भारतमा २९ हजार ८ सय ८२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ७ लाख ४६ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ११ हजार ७ सय पुगेको छ ।

पेरुमा ३ लाख ३३ हजार संक्रमित हुँदा १२ हजार २ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख १९ हजार बढी संक्रमित मध्ये ७ हजार बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ११ हजार नाघेको छ ।

मेक्सीकोमा ३६ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ३ लाख ३ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ४ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button