Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ३७ हजारको मृत्यु

विराटनगर, ९ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ३७ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ३७ हजार २ सय ३१ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ५ सय ७२ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ८५ हजार पुगेको छ । विश्वभर ४३ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये ९५ लाख ६९ हजार बढि उपचारपछि निको भएका छन् ।

६६ हजार १ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या ४१ लाख ७० हजार नाघेको छ ।

ब्राजिलमा २२ लाख ८९ हजार बढी संक्रमित हुँदा ८४ हजार २ सय बढीको ज्यान गएको छ । भारतमा १२ लाख ९२ हजार २ सय ९ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३० हजार ६ सय ६० जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ७९ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ८ हजार बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ८ हजार बढी कोरोना संक्रमित मध्ये ६ हजार बढीको मृत्यु भएको छ । पेरुमा ३ लाख ७१ हजार संक्रमित हुँदा १७ हजार ६ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ७० हजार नाघेको छ । मेक्सीकोमा ४१ हजार ९ सय बढीले ज्यान गुमाएका छन् । चिलिमा ३ लाख ३८ हजार बढी संक्रमित मध्ये ८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button