Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ३१ हजारको मृत्यु

विराटनगर, ८ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ३१ हजार पुगेको छ ।आज साझँ ६ बजे सम्म विश्वभर ६ लाख ३१ हजार १५ जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ५४ लाख ५ हजार पुगेको छ । संक्रमित भएका मध्ये ९३ लाख ८२ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ३ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४६ हजार पुगेको छ । संक्रमितको संख्या ४१ लाख नाघेको छ । ब्राजिलमा २२ लाख ३१ हजार बढी संक्रमित हुँदा ८२ हजार ८ सय बढीको ज्यान गएको छ । भारतमा १२ लाख ४१ हजार ६ सय ५४ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट २९ हजार ९ सय ६ जनाको मृत्यु भएको छ । रसियामा ७ लाख ९५ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १२ हजार ८ सय पुगेको छ । दक्षिण अफ्रिकामा ३ लाख ९४ हजार बढी कोरोना संक्रमित मध्ये ५ हजार ९ सय बढीको मृत्यु भएको छ । पेरुमा ३ लाख ६६ हजार संक्रमित हुँदा १७ हजार ४ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ६२ हजार नाघेको छ । मेक्सीकोमा ४१ हजार १ सय बढीले ज्यान गुमाएका छन् । चिलिमा ३ लाख ३६ हजार बढी संक्रमित मध्ये ८ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button