Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ४९ हजारको मृत्यु

विराटनगर, ११ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ४९ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ६ लाख ४९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ५ सय ६० जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ३३ हजार पुगेको छ । विश्वभर ४४ हजार ७६ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये ९९ लाख ३३ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार २ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ४ सय पुगेको छ । संक्रमितको संख्या ४३ लाख १५ हजार नाघेको छ । ब्राजिलमा २३ लाख ९६ हजार बढी संक्रमित हुँदा ८६ हजार ४ सय बढीको ज्यान गएको छ ।

भारतमा १३ लाख ९३ हजार ६ सय ७५ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३२ हजार १ सय ९० जनाको मृत्यु भएको छ । भारतमा ८ हजार १ सय ८१ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख १२ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार २ सय पुगेको छ ।

दक्षिण अफ्रिकामा ४ लाख ३४ हजार बढी कोरोना संक्रमित मध्ये ६ हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ८५ हजार नाघेको छ । मेक्सीकोमा ४३ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ३ लाख ७९ हजार संक्रमित हुँदा १८ हजार बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ४३ हजार बढी संक्रमित मध्ये ९ हजार बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button