Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ४३ हजारको मृत्यु

विराटनगर, १० साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ४३ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ४३ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ५ सय ६६ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ७४ हजार पुगेको छ । विश्वभर ४२ हजार ८ सय ९२ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये ९७ लाख ६६ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार २ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ४ सय पुगेको छ ।

संक्रमितको संख्या ४२ लाख ४८ हजार नाघेको छ । ब्राजिलमा २३ लाख ४८ हजार बढी संक्रमित हुँदा ८५ हजार ३ सय बढीको ज्यान गएको छ । भारतमा १३ लाख ४२ हजार १ सय ६६ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट ३१ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा ५ हजार १ सय ४४ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ६ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ ।

दक्षिण अफ्रिकामा ४ लाख २१ हजार बढी कोरोना संक्रमित मध्ये ६ हजार ३ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ७८ हजार नाघेको छ । मेक्सीकोमा ४२ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ३ लाख ७५ हजार संक्रमित हुँदा १७ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ४१ हजार बढी संक्रमित मध्ये ८ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button