Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ५२ हजारको मृत्यु

विराटनगर १२ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ६ लाख ५२ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर ९ सय ८४ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६४ लाख ४७ हजार पुगेको छ । विश्वभर ३६ हजार ९ सय २० नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड ६८ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ३ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ४३ लाख ७१ हजार नाघेको छ । ब्राजिलमा २४ लाख १९ हजार बढी संक्रमित हुँदा ८७ हजारको ज्यान गएको छ ।

भारतमा १४ लाख ४० हजार ३ सय ७१ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३२ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ३ सय ५२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख १८ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार ३ सय पुगेको छ ।

दक्षिण अफ्रिकामा ४ लाख ४५ हजार बढी कोरोना संक्रमित मध्ये ६ हजार ७ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ९० हजार नाघेको छ । मेक्सीकोमा ४३ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ३ लाख ८४ हजार संक्रमित हुँदा १८ हजार २ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ४५ हजार बढी संक्रमित मध्ये ९ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button