Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ५ हजारको मृत्यु

विराटनगर, ४ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ५ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ५ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ३ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ४४ लाख ५२ हजार पुगेको छ । विश्वभर ३७ हजार ८ सय ६० नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ८६ लाख ३६ हजार बढि उपचारपछि निको भएका छन् । ५० हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४२ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ३८ लाख ३३ हजार नाघेको छ । ब्राजिलमा २० लाख ७५ हजार बढी संक्रमित हुँदा ७८ हजार ८ सय बढीको ज्यान गएको छ ।

भारतमा १० लाख ७८ हजार ७ सय ८२ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २६ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ । भारतमा ९ सय १८ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ७ लाख ७१ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १२ हजार ३ सय पुगेको छ । दक्षिण अफ्रिकामा ३ लाख ५० हजार बढी कोरोना संक्रमित मध्ये ४ हजार ९ सय बढीको मृत्यु भएको छ ।

पेरुमा ३ लाख ४९ हजार संक्रमित हुँदा १२ हजार ९ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ३८ हजार नाघेको छ । मेक्सीकोमा ३८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

चिलिमा ३ लाख २८ हजार बढी संक्रमित मध्ये ८ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button