Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ७७ हजारको मृत्यु

विराटनगर १६ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ७७ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ५ सय ७६ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ७५ लाख १२ हजार पुगेको छ । विश्वभर ४८ हजार ८ सय २९ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड ९ लाख ६५ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ३ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५५ हजार पुगेको छ । संक्रमितको संख्या ४६ लाख ३५ हजार नाघेको छ । ब्राजिलमा २६ लाख १३ हजार बढी संक्रमित हुँदा ९१ हजार ३ सयको ज्यान गएको छ ।

भारतमा १६ लाख ४९ हजार ३ सय २३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा ९ हजार ९ सय ७३ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ३९ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार ९ सय पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ८२ हजार बढी कोरोना संक्रमित मध्ये ७ हजार ८ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख १६ हजार नाघेको छ । मेक्सीकोमा ४६ हजार बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख ७ हजार संक्रमित हुँदा १९ हजार बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५३ हजार बढी संक्रमित मध्ये ९ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button