Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ७० हजारको मृत्यु

विराटनगर, १५ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ७० हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ७० हजार ९ सय ४१ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ३ सय ७१ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ७२ लाख १७ हजार पुगेको छ । विश्वभर ३९ हजार ५ सय ५२ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड ७ लाख २८ हजार बढि उपचारपछि निको भएका छन् । ६६ हजार ३ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ४५ लाख ६८ हजार नाघेको छ ।

ब्राजिलमा २५ लाख ५५ हजार बढी संक्रमित हुँदा ९० हजार १ सयको ज्यान गएको छ । भारतमा १५ लाख ९० हजार २ सय ९७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३५ हजार ४८ जनाको मृत्यु भएको छ । भारतमा ५ हजार ९ सय १३ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ३४ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १३ हजार ८ सय पुगेको छ । दक्षिण अफ्रिकामा ४ लाख ७१ हजार बढी कोरोना संक्रमित मध्ये ७ हजार ४ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ८ हजार नाघेको छ । मेक्सीकोमा ४५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख संक्रमित हुँदा १८ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ५१ हजार बढी संक्रमित मध्ये ९ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button