Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ९३ हजारको मृत्यु

विराटनगर, १९ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ९३ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ६ लाख ९३ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर ९ सय ७७ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८२ लाख ६१ हजार पुगेको छ ।

विश्वभर ३४ हजार ७ सय ३७ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड १४ लाख ६२ हजार बढि उपचारपछि निको भएका छन् । ६५ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या ४८ लाख १४ हजार नाघेको छ । ब्राजिलमा २७ लाख ३३ हजार बढी संक्रमित हुँदा ९४ हजार १ सय बढीको ज्यान गएको छ । भारतमा १८ लाख ८ हजार ३ सय २२ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३८ हजार २ सय १ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ६ सय २० नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ५६ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १४ हजार २ सयबढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ११ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ३९ हजार नाघेको छ । मेक्सीकोमा ४७ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख २८ हजार संक्रमित हुँदा १९ हजार ६ सय बढीको मृत्यु भएको छ ।

चिलिमा ३ लाख ५९ हजार बढी संक्रमित मध्ये ९ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button