Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ९८ हजारको मृत्यु

विराटनगर, २० साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ९८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ९८ हजार २ सय ४३ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार १ सय ५३ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ७९ हजार पुगेको छ । विश्वभर ४४ हजार २ सय ४ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड १७ लाख ५ हजार बढि उपचारपछि निको भएका छन् । ६४ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ९ सय पुगेको छ । संक्रमितको संख्या ४८ लाख ६२ हजार नाघेको छ । ब्राजिलमा २७ लाख ५१ हजार बढी संक्रमित हुँदा ९४ हजार ७ सय बढीको ज्यान गएको छ ।

भारतमा १८ लाख ६४ हजार ५ सय ६१ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३९ हजार ५७ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार २ सय ३० नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ६१ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ३ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख १६ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार ५ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ४३ हजार नाघेको छ । मेक्सीकोमा ४८ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख ३३ हजार संक्रमित हुँदा १९ हजार ८ सय बढीको मृत्यु भएको छ ।

चिलिमा ३ लाख ६१ हजार बढी संक्रमित मध्ये ९ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button