Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ६ लाख ९ हजारको मृत्यु

विराटनगर, ५ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६ लाख ९ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ६ लाख ९ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ६९ हजार पुगेको छ । विश्वभर ३४ हजार ६ सय ४४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ८७ लाख ५२ हजार बढि उपचारपछि निको भएका छन् । ५९ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४३ हजार २ सय पुगेको छ ।

संक्रमितको संख्या ३८ लाख ९८ हजार नाघेको छ । ब्राजिलमा २० लाख ९९ हजार बढी संक्रमित हुँदा ७९ हजार ५ सय बढीको ज्यान गएको छ । भारतमा ११ लाख १९ हजार ४ सय १२ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट २७ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ३ सय ५ नयाँ संक्रमित थपिएका छन् । रसियामा ७ लाख ७७ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १२ हजार ४ सय पुगेको छ ।

दक्षिण अफ्रिकामा ३ लाख ६४ हजार बढी कोरोना संक्रमित मध्ये ५ हजार बढीको मृत्यु भएको छ । पेरुमा ३ लाख ५३ हजार संक्रमित हुँदा १३ हजार बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ३ लाख ४४ हजार नाघेको छ ।

मेक्सीकोमा ३९ हजार बढीले ज्यान गुमाएका छन् । चिलिमा ३ लाख ३० हजार बढी संक्रमित मध्ये ८ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button