Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख ५२ हजारको मृत्यु

विराटनगर, ३० साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ७ लाख ५२ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । २४ घण्टामा विश्वभर ६ हजार १ सय ७४ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड १० लाख ६२ हजार पुगेको छ । विश्वभर २ लाख ६४ हजार ९ सय ३३ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ३८ लाख ९४ हजार बढि उपचारपछि निको भएका छन् ।

६४ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ । संक्रमितको संख्या ५४ लाख १३ हजार नाघेको छ । ब्राजिलमा ३२ लाख २४ हजार बढी संक्रमित हुँदा १ लाख ५ हजार बढीको ज्यान गएको छ ।

भारतमा २४ लाख ५९ हजार ६ सय १३ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४८ हजार १ सय ४४ जनाको मृत्यु भएको छ । भारतमा ६४ हजार १ सय ४२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ९ लाख ७ हजार बढी संक्रमित भएका छन् । रसियामा १५ हजार ३ सय बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ५ लाख ७२ हजार बढी कोरोना संक्रमित मध्ये ११ हजार २ सय बढीको मृत्यु भएको छ । पेरुमा ४ लाख ९८ हजार संक्रमित हुँदा २१ हजार ७ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ९८ हजार नाघेको छ ।

मेक्सीकोमा ५४ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । कोलम्वियामा ४ लाख ३३ हजार बढी संक्रमित मध्ये १४ हजार बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button