Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख ५ हजारको मृत्यु

विराटनगर, २० साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ५ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ७ लाख ५ हजार ६१ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ६ सय ८१ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ३५ हजार पुगेको छ । विश्वभर ४२ हजार ३ सय ५ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड १९ लाख ४७ हजार बढि उपचारपछि निको भएका छन् ।

६५ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ३ सय पुगेको छ । संक्रमितको संख्या ४९ लाख १९ हजार नाघेको छ ।

ब्राजिलमा २८ लाख ८ हजार बढी संक्रमित हुँदा ९६ हजार बढीको ज्यान गएको छ । भारतमा १९ लाख १० हजार ७ सय ९५ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ३९ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ८ लाख ६६ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ४ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख २१ हजार बढी कोरोना संक्रमित मध्ये ८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ४९ हजार नाघेको छ । मेक्सीकोमा ४८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

पेरुमा ४ लाख ३९ हजार संक्रमित हुँदा २० हजार बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख ६२ हजार बढी संक्रमित मध्ये ९ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button