Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ७ लाख ८४ हजारको मृत्यु

विराटनगर, ३ भदौ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार पुगेको छ ।

आज साँझ सम्म विश्वभर ७ लाख ८४ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ३ सय ६३ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड २३ लाख ३४ हजार पुगेको छ । विश्वभर ३७ हजार ७ सय १ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड ५० लाख ७० हजार बढि उपचारपछि निको भएका छन् । ६२ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७५ हजार पुगेको छ । संक्रमितको संख्या ५६ लाख ५६ हजार नाघेको छ । ब्राजिलमा ३४ लाख ११ हजार बढी संक्रमित हुँदा १ लाख १० हजार बढीको ज्यान गएको छ । भारतमा २७ लाख ७१ हजार ९ सय ५८ संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट ५३ हजार ४६ जनाको मृत्यु भएको छ । भारतमा ५ हजार ३ सय ३२ नयाँ संक्रमित थपिएका छन् । रसियामा ९ लाख ३७ हजार बढी संक्रमित भएका छन् । रसियामा १५ हजार ९ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ९२ हजार बढी कोरोना संक्रमित मध्ये १२ हजार २ सय बढीको मृत्यु भएको छ ।

पेरुमा ५ लाख ४९ हजार संक्रमित हुँदा २६ हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ५ लाख ३१ हजार नाघेको छ । मेक्सीकोमा ५७ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

कोलम्वियामा ४ लाख ८९ हजार बढी संक्रमित मध्ये १५ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button