Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ८ लाख ३० हजारको मृत्यु

विराटनगर, ११ भदौ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ८ लाख ३० हजार पुगेको छ ।

आज साँझ सम्म सम्म विश्वभर ८ लाख ३० हजार ३ सय ६४ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ४ सय ५० जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ४३ लाख ६५ हजार पुगेको छ ।

विश्वभर ४० हजार ८ सय ६५ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ६८ लाख ९६ हजार बढि उपचारपछि निको भएका छन् । ६१ हजार ५ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ६ सय पुगेको छ ।

संक्रमितको संख्या ६० लाख १ हजार नाघेको छ । ब्राजिलमा ३७ लाख २२ हजार बढी संक्रमित हुँदा १ लाख १७ हजार बढीको ज्यान गएको छ । भारतमा ३३ लाख १५ हजार १७ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ६० हजार ६ सय ५२ जनाको मृत्यु भएको छ । भारतमा ७ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । रसियामा ९ लाख ७५ हजार बढी संक्रमित भएका छन् ।

रसियामा १६ हजार ८ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख १५ हजार बढी कोरोना संक्रमित मध्ये १३ हजार ५ सय बढीको मृत्यु भएको छ । पेरुमा ६ लाख १३ हजार संक्रमित हुँदा २८ हजार बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ५ लाख ७३ हजार नाघेको छ । मेक्सीकोमा ६२ हजार बढीले ज्यान गुमाएका छन् ।

कोलम्वियामा ५ लाख ७२ हजार बढी संक्रमित मध्ये १८ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button