Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ९ लाख ६२हजारको मृत्यु

विराटनगर, ४ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख हजार पुगेको छ । आज साझ सम्म विश्वभर ९ लाख ६२ हजार ७४ जनाको मृत्यु भएको छ । आज विश्वभर १ हजार २ सय ३ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १० लाख २४ हजार ६ सय नागेको छ । विश्वभर ४८ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड २६ लाख २२ हजार ८ सय बढि उपचारपछि निको भएका छन् । ६१ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार ८ सय पुगेको छ । संक्रमितको संख्या ६९ लाख ६८ हजार ९ सय नाघेको छ । भारतमा ५४ लाख ५ हजार २ सय ५२ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८६ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ । आज भारतमा ७ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा ४५ लाख २८ हजार ३ सय बढी संक्रमित हुँदा १ लाख ३६ हजार ५ सय बढीको ज्यान गएको छ । रसियामा ११ लाख ३ हजार बढी संक्रमित भएका छन् । रसियामा १९ हजार ४ सय बढिको मृत्यु भएको छ । पेरुमा ७ लाख ६२ हजार ८ सय बढी संक्रमित हुँदा ३१ हजार ३ सय बढीको मृत्यु भएको छ ।

कोलम्वियामा ७ लाख ५८ हजार बढी संक्रमित मध्ये २४ हजार बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ६ लाख ९४ हजार नाघेको छ । मेक्सीकोमा ७३ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

दक्षिण अफ्रिकामा ६ लाख ५९ हजार ६ सय बढी कोरोना संक्रमित मध्ये १५ हजार ९ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button