Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ९ लाख ७० हजारको मृत्यु

विराटनगर, ६ असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख ७० हजार पुगेको छ । आज साझ सम्म विश्वभर ९ लाख ७० हजार १ सय १५ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ९७ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १५ लाख २२ हजार १ सय नागेको छ । आज विश्वभर ४५ हजार ९ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड ३१ लाख ४३ हजार ४ सय बढि उपचारपछि निको भएका छन् । ६१ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४ हजार ५ सय पुगेको छ । संक्रमितको संख्या ७० लाख ४६ हजार ४ सय नाघेको छ । भारतमा ५५ लाख ६८ हजार ७ सय ४० जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८८ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ । भारतमा ८ हजार ६ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा ४५ लाख ६० हजार बढी संक्रमित हुँदा १ लाख ३७ हजार ३ सय बढीको ज्यान गएको छ । रसियामा ११ लाख १५ हजार ८ सय बढी संक्रमित भएका छन् । रसियामा १९ हजार ६ सय बढिको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ७२ हजार ८ सय बढी संक्रमित हुँदा ३१ हजार ४ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ७ लाख ७० हजार बढी संक्रमित मध्ये २४ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ७ लाख ५ सय नाघेको छ । मेक्सीकोमा ७३ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा ६ लाख ७१ हजार ,४ सय बढी संक्रमित हुदा ३० हजार ६ सय बढीको मृत्युभएको छ । दक्षिण अफ्रिकामा ६ लाख ६१ ह्जार ९ सय बढी कोरोना संक्रमित मध्ये १५ हजार ९ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button