Tune to BFM 91.2|Biratnagar

विश्वभर कोरोनाबाट ९ लाख ९४ हजारको मृत्यु

विराटनगर, १० असोज । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ९ लाख ९४ हजार पुगेको छ । आज साझ सम्म विश्वभर ९ लाख ९४ हजार २ सय ६० जनाको मृत्यु भएको छ । आज विश्वभर १ हजार २ सय ८२ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड २८ लाख १ हजार ४ सय नागेको छ । विश्वभर ४९ हजार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये २ करोड ४१ लाख ९८ हजार बढि उपचारपछि निको भएका छन् । ६३ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ४ सय पुगेको छ । संक्रमितको संख्या ७२ लाख ४४ हजार ९सय नाघेको छ । भारतमा ५९ लाख ८ हजार ७४८ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९३ हजार ४४० जनाको मृत्यु भएको छ ।

भारतमा आज ७ हजार १७७ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ४६ लाख ९२ हजार ५ सय बढी संक्रमित हुँदा १ लाख ४० हजार ७ सय बढीको ज्यान गएको छ । रसियामा ११ लाख ४३ हजार ५ सय बढी संक्रमित भएका छन् । रसियामा २० हजार बढिको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ९४ हजार ५ सय बढी संक्रमित हुँदा ३२ हजार बढीको मृत्यु भएको छ । कोलम्वियामा ७ लाख ९८ हजार बढी संक्रमित मध्ये २५ हजार १ सय बढीले ज्यान गुमाएका छन् । मेक्सीकोमा संक्रमितको संख्या ७ लाख २० हजार ८ सय नाघेको छ । मेक्सीकोमा ७५ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा ७ लाख ३५ हजार बढी संक्रमित हुदा ३१ हजार २ सय बढीको मृत्युभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button