Tune to BFM 91.2|Biratnagar

विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजारको मृत्यु

विराटनगर, ३ वैशाख । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ नाघेको छ । आज विहान सम्म १ लाख २६ हजार ५ सय ३१ पुगेको छ । २ सय १० मा फैलिएको कोरोना भाईरसका कारण १९ लाख ९५ हजार ५ सय ३८ जना संक्रमित भएका छन् ।

४ लाख ६७ हजार भन्दा बढि मानिस उपचार पछि घर फर्केका छन् । अमेरिकाको अवस्था भयावह छ, जहाँ संक्रमितको संख्या ६ लाख १२ हजार ७७ पुगेको छ । २५ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । अमेरिका पछि स्पेनमा सबै भन्दा बढि संक्रमित छन ।

त्यहाँ १ लाख ७४ हजार ६० जना संक्रमित हुँदा १८ हजार २ सय ५५ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ६२ हजार ४ सय ८८ संक्रमित मध्ये २१ हजार ६७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या आज विहान सम्म ११ हजार नाघेको छ । भारतमा कुल संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ९३ पुगेको छ । महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० भन्दा बढि कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो । पाकिस्तानमा ९६ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय ३७ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button