Tune to BFM 91.2|Biratnagar

विश्वभर ३९ लाख ८३ हजार बढि उपचारपछि निको भए

विराटनगर, ३१ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख २८ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख २८ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ६४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ७७ लाख ६५ हजार संक्रमित भएका छन् । विश्वभर ३९ हजार ८ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर संक्रमित भएका मध्ये ३९ लाख ८३ हजार बढि उपचारपछि निको भएका छन् । ५३ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १६ हजार ८ सय ३१ पुगेको छ । संक्रमितको संख्या २१ लाख १७ हजार नाघेको छ । ब्राजिलमा ८ लाख २९ हजार बढी संक्रमित हुँदा ४१ हजार ९ सय बढीको ज्यान गएको छ । रसियामा ५ लाख २० हजार १ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २९ रहेको छ ।

भारतमा ३ लाख १० हजार १ सय ३१ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा ५ सय २८ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या २ लाख ९२ हजार ९ सय नाघेको छ । वेलायतमा ४१ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९० हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार २ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख २० हजार ७ सय बढी संक्रमित हुँदा ६ हजार ३ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८७ हजार २ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।
……………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button