Tune to BFM 91.2|Biratnagar

विश्वभर ३ लाख १९ हजार ९ सय ५७ को मृत्यु

विराटनगर, ६ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ३ लाख १९ हजार पुगेको छ ।

आज विहान सम्म मृतकको संख्या ३ लाख १९ हजार ९ सय ५७ पुगेको हो । करिब ४८ लाख ८७ हजार संक्रमित मध्ये १९ लाख ४ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् । अमेरिकामा संक्रमित १५ लाख ४९ हजार मध्ये ९१ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ४६ हजार संक्रमित भएका छन् । ३४ हजार ७ सय ९६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

फ्रान्समा २८ हजार २सय ३९, स्पेनमा २७ हजार ७ सय ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा ३ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । यसैवीच मृत्युदरमा लगातार कमी आएसँगै इटाली र स्पेनसहित युरोपेली मुलुकहरु सामान्य अवस्था तर्फ उन्मुख हुँदै गएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण इटालीमा ९९ जनाको मृत्यु भएको छ ।

इटालीमा मृतकको संख्या ३२ हजार ७ पुगेको छ भने २ लाख २५ हजार बढी संक्रमित छन् । भारतमा संक्रमितको संख्या १ लाख नाघेको छ । आज विहान सम्म १ लाख ३ सय ४० जना संक्रमित भएका छन् ।

संक्रमित भएका मध्ये ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ६ सय ४२ जना नयाँ संक्रमित थपीएका छन् । पाकिस्तानमा ४२ हजार १ सय २५ जना संक्रमित भएका छन् । ९ सय ३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button