Tune to BFM 91.2|Biratnagar

विश्वभर ३ लाख ८ हजार ८ सय १० जनाको मृत्यु

विराटनगर, ३ जेठ । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ८ हजार ८ सय १० जनाको मृत्यु भएको छ ।

हालसम्म ४६ लाख ३९ हजार ४ सय २३ जना संक्रमित भएका छन् ।सबैभन्दा धेरै अमेरिकामा १४ लाख ८४ हजार २ सय ८५ जना संक्रमित भएका छन् भने ८८ हजार ५ सय ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै रसियामा २ लाख ७२ हजार ४३ जना संक्रमित भएका छन् भने २ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने मृतक संख्या ३४ हजार ७८ रहेको छ । स्पेनमा २ लाख ७४ हजार ३ सय ६७ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

इटलीमा संक्रमितको संख्या २ लाख २३ हजा ८८५ पुग्दा मृतक संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख २० हजार २ सय ९१ जना संक्रमित भएका छन् भने १४ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित हुदा २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।यता भारतमा ८५ हजार ९ सय ४० जना संक्रमित भएका छन भने २ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button