Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ३८ लाख १८ हजार बढी संक्रमित

विराटनगर २५ वैशाख । कोरोना भाईरस (कोभिड १९) का कारण ३८ लाख १८ हजार बढी संक्रमित भएका छन् । आज विहान सम्म २ सय १२ देशमा ३८ लाख १८ हजार ७ सय ९१ जनामा संक्रमण पुष्टी भएको छ । मृत्यु हुनेको संख्या २ लाख ६४ हजार ८ सय ११ पुगेको छ ।

१२ लाख ९९ हजार २३४ जना निको भएका छन् । अमेरिकामा १२ लाख ६२ हजार संक्रमित पुगेका छन् । ७४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिका पछि बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या ३० हजार ७६ पुगेको हो । इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ६ सय ८४ छ । संक्रमित भने इटालीमा २ लाख १४ हजार नाघ्दा बेलायतमा २ लाख १ हजार १०१ पुगेको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ५३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ८ सय ५७ छ । युरोपेली मुलुक फ्रान्समा संक्रमितको संख्या १ लाख ७४ हजार १९१ सय पुग्दा २५ हजार ८ सय ९ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ हजार नजिक पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेकोको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको पनि जनाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भने त्यहाँ तीन हजार नौ सय संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button