Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ३ लाख ४७ हजार बढीको मृत्यु

विराटनगर, १२ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४७ हजार नाघेको छ । आज साँझ सम्म ५५ लाख २० हजार बढी संक्रमित मध्ये २३ लाख १३ हजार जना उपचार पछि निको भएका छन् ।

५३ हजार १ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या १६ लाख ८६ हजार नाघेको छ । बेलायतमा २ लाख ५९ हजार संक्रमित मध्ये ३६ हजार ७ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख २९ हजार ८ सय संक्रमित र ३२ हजार ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ३ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८२ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ७ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ३ लाख ६५ हजार २ सय बढी संक्रमित हुंदा २२ हजार ७ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८० हजार ३ सय बढी संक्रमित र ८ हजार ३ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ८५ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।

रसियामा ३ लाख ५३ हजार ४ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ६ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार ९ सय नाघ्दा ४ हजार ३९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म १ हजार १ सय ६७ जनाको मृत्यु हु्ँदा ५६ हजार ३ सय बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button