Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ३ लाख ४८ हजार ३ सय ३० जनाको मृत्यु

विराटनगर, १३ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार पुगेको छ । आज साँझ सम्म ३ लाख ४८ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

विश्वभर ५६ लाख ११ हजार बढी संक्रमित मध्ये २३ लाख ८८ हजार जना उपचार पछि निको भएका छन् । ५३ हजार १ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । संक्रमित संख्याको हिसाबमा सबैभन्दा अगाडि अमेरिका छ ।

त्यसपछि ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्कीपछि भारत रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ७ पुगेको छ ।

संक्रमितको संख्या १७ लाख ६ हजार नाघेको छ । बेलायतमा २ लाख ६१ हजार संक्रमित मध्ये ३६ हजार ९ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३० हजार १ सय संक्रमित हुँदा ३२ हजार ८ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ९ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ४ सय नाघेको छ ।

यसैवीच कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संख्याको आधारमा अहिले भारत विश्वको १० औं बढी प्रभावित मुलुक बनेको छ । कोभिड–१९ को विषयमा अनुसन्धान गरिरहेका भारतीय शोधकर्ताका अनुसार जुलाइसम्ममा भारतमा केही लाख संक्रमित थपिन सक्छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३ सय नाघिसकेको छ । ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button