Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ३ लाख ७१ हजार ४ सय १३ जनाको मृत्यु

विराटनगर, १८ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७१ हजार नाघेको छ । आज साझ सम्म ३ लाख ७१ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।

६१ लाख ८५ हजार बढी संक्रमितमध्ये लाख २७ लाख ५४ हजार बढी उपचारपछि निको भएका छन् । संक्रमितमध्ये ५३ हजार ४ सय बढीको अवस्था गम्भीर छ । पछिल्लो तत्थ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ सय ७५ पुगेको छ ।

संक्रमितको संख्या १८ लाख १७ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार ८ सय बढी संक्रमितमध्ये ३८ हजार ३७६ को मृत्यु भएको छ । इटालीमा २ लाख ३२ हजार बढी संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमितमध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ४ लाख ९९ हजार ९ सय बढी संक्रमित हुँदा करिब २८ हजार ८ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८३ हजार २ सय बढी संक्रमित र ८ हजार ६ सयको मृत्यु भएको छ ।

चीनमा ८३ हजार १ जना कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ । रसियामा ४ लाख ५ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ६९३ को मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय नाघ्दा ५ हजार १ सय ८८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म ६९ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार चार सय ८३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button